Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

धन प्राप्तिका लागि सुत्नुअघि राख्नुहोस् सिरानीमुनी ५ चिज !


ग्लोबल पाना
शुक्रबार, जेठ १९ २०८०
  • 1,709
    SHARES

  • images
    धन प्राप्तिका लागि सुत्नुअघि राख्नुहोस् सिरानीमुनी ५ चिज !

    शास्त्र भन्छ, ‘दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ ।’ रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ । 

    images
    images
    images

    हनुमान चालिसा

    हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

    फलामको उपकरण 

    सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

    मुला

    सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

    फूल

    सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

    दुर्गा सप्तसती पाठ

    दुर्गा सप्तसती पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।

    याे पनि पढ्नुहाेस् :

    हिन्दू शास्त्र अनुसार समुन्द्र मन्थन भन्दा पहिला स्वर्गका देवताहरु निर्धन भएका थिए । देवराज इन्द्रले लक्ष्मीको स्तुति गरेपछि धनकी देवी लक्ष्मी खुशी भएर इन्द्रलाई द्धादशाक्षर मन्त्र दिनको तीनपल्ट पाठ गर्न सुझाएका थिए विष्णुपुराणमा इन्द्रले धनकी देवी लक्ष्मीको स्तुति गरेका थिए ।

    देवराज इन्द्रको अनुरोधमा देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिइन् । थाहापाउनुस् धनकी देवी लक्ष्मीले बताएका ती पाँच प्रकारका व्यक्ति जसको घरमा धनको बास रहन सक्दैन् ।

    काम भावनाः

    जुन घरमा स्त्री पुरुष अत्याधिक कामवासनामा लिप्त रहन्छन् त्यो घरमा धर्मको उपेक्षा हुने गर्छ । त्यस्तो घरमा लक्ष्मीको लामोसमयसम्म बास रहन सक्दैन् ।

    अहंकारः

    जुन घरका मानिस अ’हंका’र गरेर बस्छन् त्यहाँ अज्ञानता र क्रो’ध बढ्ने गर्छ । यस्ता घरमा पनि लक्ष्मीको बास हुनसक्दैन।

    लोभः

    लोभ लालचमा लिप्त भएको व्यक्तिको घरमा पनि लक्ष्मीको बास हुन सक्दैन । शास्त्रमा ‘लोभस्य पाप कारणम्’ भनि उल्लेख पाइन्छ ।

    हिंसाः

    जुन घरमा धेरै मासु,माछा को प्रयोग हुन्छ त्यहाँ पनि लक्ष्मीको बास हुन सक्दैन।

    स्त्रीको अपमानः

    स्त्रीलाई अनादर हुने घरमा पनि लक्ष्मीको बास नहुने कथन छ। देवराज इन्द्रको अनुरोधमा देवी लक्ष्मीले मनुष्यमाथि कृपा गर्ने तर यी पाँच चीज घरमा भएमा धनको नोक्शान हुने बताएकी थिइन् । त्यस कारण यी पांच कुराबाट टाढा रहनुहोस॥।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ