Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्रिन टायरले ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गर्दै


ग्लोबल पाना
सोमबार, जेठ २९ २०८०
  • 286
    SHARES

  • images
    ग्रिन टायरले ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गर्दै

    काठमाडौं । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टीभीएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको छ। १००-८०-१२ ड्यास र ११०-८०-१२ ड्यास साइजको सो टायर उच्च गुणस्तरीय र किफायती भएको कम्पनीको भनाइ छ।प्राविधिक रुपमा नेपाली सडक सुहाउदो तरिकाले डिजाइन गरिएको सो टायर सुख्खा र चिसो सडकका साथै अफरोडमा समेत सहजतरिकाले प्रयोग गर्न सकिन्छ।

    images
    images
    images

    रोलिङ प्रतिरोधी क्षमता घटाइएका कारण सो टायरले इन्धनखपतमाकमील्याउनपनि सहयोग गर्छ। ‘अहिले बिक्री पछिको सेवाका लागि आवश्यक टायरको रुपमा यो टायर प्रयोग गर्न सकिन्छ।’ ग्रिन टायरका प्रबन्धक विकास सिंघानियाले भने, ‘नेपाली बजारमा टीभीएस एन्टर्क स्कुटरका प्रयोगकर्ता बढ्दै गएका कारण सो स्कुटरको टायर उत्पादनमा ग्रिन टायरले विशेष ध्यान केन्द्रीत गरेको हो।’

    ग्रिन टायरले यो भन्दापहिले ट्रयाक्टरमा प्रयोग गर्न सकिने शेर्पा ब्रान्डको सारथी टायर समेत उत्पादन गरि सकेको छ। करिब पाँच/पाँच वर्ष पहिले मोरङको कटहरीमा स्थापना भएको ग्रिन टायर प्रालिले डेल्टा र शेर्पा ब्रान्डका टु ह्विलर, थ्रीह्विलर तथा एग्रिकल्चर सेगमेन्टका टायरहरु उत्पादन गर्छ।

    हाल कम्पनीले प्रतिवर्ष २ लाख ५० हजार थान टायर उत्पादन गरि रहेको छ। ग्रिन टायरमा कुल १२० जना कामदार कार्यरत छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ