Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

माइतीघरमा आत्मदाह प्रयास गर्ने व्यक्ति मोरङका


ग्लोबल पाना
बुधबार, जेठ ३१ २०८०
  • 246
    SHARES

  • images
    माइतीघरमा आत्मदाह प्रयास गर्ने व्यक्ति मोरङका

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा एकव्यक्तिले आत्मदाह प्रयास गरेका छन्। माइतीघर मण्डलामा मोरङ कटहरीका निरजकुमार कामतले आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन् । उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ ।

    images
    images
    images

    केही दिनयता भइरहेको नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शनमा उनी सहभागी हुँदै आएको बताइएको छ । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि माइतीघर मण्डलामा समितिको नेतृत्वमा प्रदर्शनसहितका आन्दोलनका कार्यक्रम हुँदै आएको थियो।

    नागरिकताबिहीन संघंर्ष समितिले जन्मसिद्ध र एकल आमाका सन्तानलाई नागरिकता देउ, नक्कली राष्ट्रबाद चाहिँदैन लगाएतका नारा लगाउदै माइतिघरमा प्रदर्शन गरेका थिए ।

    कामत नागरिकताविहीन संघर्ष समितिका केन्द्रीय उपाध्यक्ष समेत हुन्। राज्यले नागरिकताविहीन बनाएको भन्दै उनले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेपछि प्रहरी लगाएत अन्यले पानी खन्याएका थिए ।

    त्यस लगतै बेहोस भएका कामदलाई उपचारका लागि अस्पताल लगिएको थियो । पेट्रोल खन्याएर आगो लगाएका कामतलाई तत्कालै उद्धार गरी ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। उनको अवस्था खतरामुक्त रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ