Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आजको मौसम कतै भारी वर्षा त ! कतै हावाहुरीको सम्भावना


ग्लोबल पाना
बिहीबार , असार १४ २०८०
  • 314
    SHARES

  • images
    आजको मौसम कतै भारी वर्षा त !  कतै हावाहुरीको सम्भावना

    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर सामान्यदेखि पूणर्तया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका तराईका एक-दुई स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

    आज राति भने देशभर सामान्यदेखि पूणर्तया बदली रहनेछ। कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ