Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बारामा जन्मका आधारमा तीन सय जनाले लिए नागरिकताको प्रमाणपत्र


ग्लोबल पाना
आइतबार, असार २४ २०८०
  • 243
    SHARES

  • images
    बारामा जन्मका आधारमा तीन सय जनाले लिए नागरिकताको प्रमाणपत्र

    बारा । जन्मका आधारमा नागरिकता लिनेका सन्ततिलाई पनि नागरिकता दिन थालिएपछि जिल्ला प्रशासन कार्यालय बाराबाट हालसम्म ३०० जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय बाराबाट शुक्रबारसम्म ३०० सय बढीले नयाँ ऐनअनुसार नेपाली नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनकारी दिए। जन्मसिद्ध नागरिकका सन्तानलाई कार्यालयले असार १० गते नागरिकताको प्रमाण पत्र वितरण सुरु गरेको हो। कार्यालयले सुरुमा दैनिक ५० वटाको दरले टोकन बाँडे पनि पछिल्लो समय दैनिक एक सय वटासम्म वितरण गर्दैै आएको छ।

    कार्यालयका अनुसार आगामी दुई महिनासम्मको लागि टोकन बुक भइसकेको छ। यता इलाका प्रशासन कार्यालय सिमराबाट पनि हालसम्म २५० वटा जन्मसिद्धका आधारमा नयाँ नागरिकता वितरण भइसकेको छ। जीतपुरसिमरा र निजगढ नगरपालिका हेर्ने इलाका प्रशासन कार्यालय सिमरामा जीतपुरसिमरा वडा नं ७ बाट सबैभन्दा धेरै सिफारिस आएको ईप्रका सिमराले जनाएको छ।

    अन्य दुई ठाउँ कोल्हवी र सिम्रौनगढमा भने छिटपुट रूपमा वितरण भइरहेको जनाइएको छ। जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गर्न आमाबुवाको नागरिकता, जन्म दर्ता, घरजग्गाको लालपुर्जा, नेपालमा बसोबास गरेको प्रमाण, नाता प्रमाणित, खानेपानी, बिजुली, टेलिफोन शुल्क बुझाएको प्रमाण, शैक्षिक योग्यताको प्रमाण पत्र, आमाबुवा मृत्यु भएको खण्डमा मृत्यु दर्ताको प्रमाण, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा लगायतका कागजपत्रका आधारमा वडा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुदैआएको छ।

    प्रमुख जिल्ला अधिकारी सापकोटाले नागरिकता लिन आउनेहरू मध्ये अधिकांशको बसोबास गरेको जमिनको धनीपूर्जा नभएको, धारा, विद्युत् शुल्क तिरेको रसिद र जग्गा जमिन नभएकाहरू पनि नागरिकता लिन आएको भेटिएको छ। २०६३ सालमा जन्मसिद्ध नागरिकता लिएर पनि नेपालमा बसोबास भएको कुनै प्रमाण नभएकाहरू पनि नागरिकता लिएका आएको उनले बताए।

    प्रमुख जिल्ला अधिकारी सापकोटाले नागरिकता विधेयकमा रहेको त्रुटीका कारण धेरै व्यक्तिहरु नागरिकताको प्रमाणपत्र प्राप्त गर्नबाट बञ्चित भएको बताए। अहिलेको विधेयक अनुसार बाबुआमा मध्ये एकको नागरिकता नलिई मृत्यु भएका खण्डमा तिनका सन्तान नागरिकता लिनबाट बञ्चित हुनेछन्।

    यस्तो अवस्थामा नागरिकताको प्रमाणपत्र दिन समस्या भएको र त्यस्ताहरुको हकमा आफूहरुले गृहमन्त्रालयमा लेखेर पठाउने गरेको उनले बताए। बारामा ३५ हजारभन्दा धरै व्यक्तिले नयाँ नागरिकता पाउने भएका छन्।

    कार्यालयले जन्मसिद्धका आधारमा बारा जिल्लाबाट नागरिकता पाउनेको संख्या करिब ३५ हजारभन्दा बढी हुने आंकलन गरेको छ। ०६३ सासलमा जिल्लाबाट ११ हजार ९३ जनाले जन्मसिद्ध नागरिकता लिएको र यसको आधारमा प्रतिपरिवार ३/४ जना सदस्य मात्रैले लिँदा पनि ३५ हजारभन्दा बढीले नागरिकता पाउने अनुमान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ