Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

यस्ताे रहनेछ आजकाे मौसम


ग्लोबल पाना
बिहीबार , साउन ४ २०८०
  • 245
    SHARES

  • images
    यस्ताे रहनेछ आजकाे मौसम

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

    images
    images
    images

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  रहेको छ।

    कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ