Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बैतडीमा अवैध स्वास्थ्य क्लिनिक सिल, सञ्चालक पक्राउ


ग्लोबल पाना
शुक्रबार, साउन ५ २०८०
  • 390
    SHARES

  • images
    बैतडीमा अवैध स्वास्थ्य क्लिनिक सिल, सञ्चालक पक्राउ

    बैतडी । बैतडीको सिगास गाउँपालिका-२ स्थित गाँजरीबजारमा अवैधरूपमा सञ्चालन रहेको स्वास्थ्य ‘क्लिनिक सिल’ गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा बिहीबार गरिएको छड्के अनुगमनका क्रममा गाँजरीमा रहेको जै अनिरुद्र सिगास क्लिनिक सिल गरिएको हो।

    images
    images
    images

    प्रहरीले सो स्वास्थ्य क्लिनिक सञ्चालक खेमराज अवस्थीलाई समेत नियन्त्रणमा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। उनले क्लिनिकका साथै मेडिकल पनि सञ्चालन गरेका थिए।

    छड्के अनुगमनका क्रममा अवस्थीलाई बिरामी जाँचिरहेको अवस्थामा पक्राउ गरिएको र उक्त पसल सिलसमेत गरिएको हो। उनले भने, “स्वास्थ्यसम्बन्धी कुनै अनुमति नभएका अवस्थी बिरामीलाई स्लाइन चढाइरहेकै अवस्थामा भेटेपछि नियन्त्रणमा लिइएको छ।”

    क्लिनिक सञ्चालक अवस्थीले विसं २०७१ देखि हिमालय अवस्थीको नामको ‘पान’ नम्बर लिएको तर मेडिकल र क्लिनिकका लागि अनुमति नै नलिएर सञ्चालन गरिरहेका थिए। स्वास्थ्यसम्बन्धी कुनै अनुमतिपत्र नलिएका व्यक्तिले दर्ता नै नभएको मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको प्रजिअ पन्थीले बताए।

    उनले भने, “खेमराजले अनुमतिबिना मेडिकल र क्लिनिक सञ्चालन गरिरहेको गुनासो आएको थियो, हामीले पटक-पटक अवैध मेडिकल बन्द गर्नुस् भनेर खबर गर्दा पनि अटेरी गरेपछि छड्के अनुगमन गरेका हौँ। हाम्रो टोली पुग्दा बिरामीलाई स्लाइन चढाएको र जाँचिरहेको भेट्टायौँ।

    अब कानुनअनुसार कारबाही हुन्छ।” अनुगमनमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाही र स्वास्थ्य कार्यालय बैतडीका प्रमुख यागेशप्रसाद भट्टलगायतको सहभागिता रहेको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ