काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाको भनाइ छ ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमानका अनुसार काठमाडौं उपत्यकामा गत राती अत्याधिक वर्षाका कारण बाग्मती, विष्णुातीलगातका नदी खोलाहरूमा जल सतह उच्च विन्दु पार गरेको छ । शुक्रबार बिहान १० बजेसम्म नदी तथा खोला छेउछाउमा हिडडुल गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
देशका अधिकांश स्थानमा गत रातिदेखि नै अविरल वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


