Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

फलफूल तथा तरकारीको मूल्य : गोलभेडा १०० रूपैयाँ, मालदह आँप १५० रुपैयाँ


ग्लोबल पाना
शुक्रबार, साउन १२ २०८०
  • 343
    SHARES

  • images
    फलफूल तथा तरकारीको मूल्य : गोलभेडा १०० रूपैयाँ, मालदह आँप १५० रुपैयाँ

    काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ। जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, टनेल गोलभेडा सानो ५६ रुपैयाँ, घिउ सिमी लोकल २५ रुपैयाँ, कुरीलो प्रतिकेजी २५० रुपैयाँ, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४८ रुपैयाँ, भारतीय आलु रातो ३६ रुपैयाँ, लौका ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ।

    images
    images
    images

    त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ ,गाजर १२०,बन्दा लोकल १० , मूला रातो ३०, भन्टा लाम्चो ३०, मकै बोडी ४०, टाटे सिमी ८० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, कागती १४० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ४०,तामा ११०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ।

    समितिका अनुसार केरा दर्जन १४० रुपैयाँ,अनार ३०० रुपैयाँ, नासपाती ६० रुपैयाँ, आभोकाडो ५०० रुपैयाँ,कालो अंगुर ५०० रुपैयाँ, किवि ८०० रुपैयाँ, हरियो खुर्सानी अकबरे ३५० रुपैयाँ,रहु माछा ३१० रुपैयाँ, छडी माछा २४० रुपैयाँ, ताजा माछा(मुंगरी) ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।

    यस्तै, मालदह आँप १५० रुपैयाँ, हरियो धनिया ५० रुपैयाँ, लसुन हरियो ८० रुपैयाँ, खु्र्सानी सुकेको ४५० रुपैयाँ, नेपाली लसुन २०० रुपैयाँ, चाइनिज लसुन २६० रुपैयाँ, रुख कटहर ३५ रुपैयाँ, भेडे खु्र्सानी ७० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ