Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

आज देशैभरी झरि, केही प्रदेशमा भारी वर्षाको सम्भावना


ग्लोबल पाना
मंगलबार, साउन २३ २०८०
  • 359
    SHARES

  • images
    आज देशैभरी झरि, केही प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभर बदली रहनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    images
    images
    images

    “मनसुन न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले केही दिनलाई देशभर बदली भई वर्षा हुने देखिन्छ ।”, उनले भने। विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको उनले बताए।“नेपालमा मनसुनी वायुका साथै भारतको विहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।”,

    मौसमविद् लामिछानेले भने, “पछिल्लो एक घन्टादेखि देशभर बदली रहनुका साथै धेरै स्थानमा वर्षा भइरहेको छ ।” उनका अनुसार कोशी, मधेस, बागमती, लुम्बिनी तथा कणर्ाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा दिउँसो कोशी, मधेस, बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै मधेस तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाकोसमेत सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना रहनुका साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ