Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भारतबाट बिहे गर्न पाकिस्तान पुगेकी अन्जुले पाकिस्तानमा १ वर्षको भिसा पाइन्


ग्लोबल पाना
बुधबार, साउन २४ २०८०
  • 321
    SHARES

  • images
    भारतबाट बिहे गर्न पाकिस्तान पुगेकी अन्जुले पाकिस्तानमा १ वर्षको भिसा पाइन्

    काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा बस्ने २९ वर्षीय नसरुल्लाहले आफ्नी श्रीमती अन्जुलाई पाकिस्तान सरकारले एक वर्षको भिसा दिएको बताएका छन् ।

    images
    images
    images

    भारतीय नागरिक अन्जु हालै नसरुल्लाहलाई भेट्न पाकिस्तान गएकी थिइन् । केही मिडिया रिपोर्टका अनुसार अन्जुले नसरुल्लाहसँग पाकिस्तानमा विवाह गरेकी छन् ।

    तर, अन्जुले बीबीसीसँगको कुराकानीमा यो कुरा अस्वीकार गरिन् । तर अहिले पाकिस्तान सरकारले अन्जुलाई एक वर्षको पाकिस्तानी भिसा दिएको खबर आएको छ ।

    मिडियासँग कुरा गर्दै उनका पति नसरुल्लाहले दाबी गरे, ‘म यहाँ मेरी श्रीमती अन्जुको भिसा बढाउन आएको हुँ । यसका लागि मसँग केही जानकारी सोधिएको थियो, जुन मैले उपलब्ध गराएको छु। अनि एक वर्षको भिसा पनि पाइन् । हामी सबै प्रकारको सहयोग प्राप्त गर्दैछौं। अबको दश दिनमा हामी यसको कागजात प्राप्त गर्नेछौं।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ