Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

आज ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना


ग्लोबल पाना
बिहीबार , साउन २५ २०८०
  • 272
    SHARES

  • images
    आज ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गए राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षा भएको छ ।

    images
    images
    images

    आज देशभर सामान्य देखि पूणर् बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर सामान्य बदली रहनेछ। कोशी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ