Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

ल्यायो गरिमा विकास बैंकले तीज विशेष गीत, टिकटक बनाउने र धेरै लाइक आउनेलाई पुरस्कार राशि प्रदान


ग्लोबल पाना
सोमबार, भदौ २५ २०८०
  • 333
    SHARES

  • images
    ल्यायो गरिमा विकास बैंकले तीज विशेष गीत, टिकटक बनाउने र धेरै लाइक आउनेलाई पुरस्कार राशि प्रदान

    काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ । 

    images
    images
    images

    नेपालीहरुको महान चाड हरितालिका तीजलाई अझ विशेष बनाउने हेतुले यस गरिमा विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको हो । यस गरिमा विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,००० तृतियलाई रु १०,००० र बाँकी ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

    यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ