Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विकास बैंक र घरघरमा डाक्टरबिच व्यावसायिक सहकार्यको सम्झौता 


ग्लोबल पाना
बुधबार, असोज ३ २०८०
  • 574
    SHARES

  • images
    कृषि विकास बैंक र घरघरमा डाक्टरबिच व्यावसायिक सहकार्यको सम्झौता 

    काठमाडौं । कृषि विकास बैंक र घरघरमा डाक्टर प्रालि बिच व्यावसायिक सहकार्यको सम्झौता भएको छ। घरघरमा डाक्टरले रोग निदान तथा प्रतिरक्षाका लागि सरसल्लाह सहितको उपचारको प्रबन्ध गर्छ।

    images
    images
    images

    सम्झौताअनुरूप बैंकले घरघरमा डाक्टरका ग्राहकको पाँच लाख रूपैयाँको दुर्घटना बिमासहितको बैंक खाता खोली कारोबारमा सहजता कायम गर्छ। घरघरमा डाक्टर प्रालिका अध्यक्ष हेमा जिसी र बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

    सम्झौतापत्र आदानप्रदान गर्दै घरघरमा डाक्टरका अध्यक्ष जिसीले उक्त सहकार्यले दुवै संस्थालाई एक ठाउँमा ल्याएको र यसको लाभ स्वाभाविक रूपमा दुवैलाई मिल्ने गरी सेवाग्राहीको स्वास्थ्य अवस्थाका सम्बन्धमा परामर्श तथा उपचार पद्धतिका सम्बन्धमा सचेतना अभिवृद्धि गर्न सकेमा जनताको अकालमा ज्यान जान नदिन सहयोग पुग्ने बताए।

    यस्तै बैंकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले बैंक सधैं ग्राहक सेवामा समर्पित रही गुनासोरहित सेवा प्रदान गर्न तत्पर रहेको बताए। सम्झौतामा बैंकले घरघरमा डाक्टरका सेवाग्राहीको ५ लाख रूपैयाँ बराबरको दुर्घटना बिमासहितको बैंक खाता खोल्ने छ भने घरघरमा डाक्टरका कर्मचारीका लागि बिनाधितो कर्जा दिनेछ।

    यस अतिरिक्त तलब खातामा बैंकका विभिन्न सेवामा छुट प्रदान गर्नेछ। घरघरमा डाक्टरले सञ्चालन गर्ने तालिम र सेमिनारमा बैंकका तालिम केन्द्रलगायतका पूर्वाधार प्रयोग गर्दा बैंकले तालिम सञ्चालनमा जारी गरेको दरमा ५० प्रतिशत छुट दिनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ