Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा पोखरेल नियुक्त


ग्लोबल पाना
सोमबार, कात्तिक २० २०८०
  • 351
    SHARES

  • images
    ग्लोबल आइएमई बैंकको डेपुटी सीईओमा पोखरेल नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन पोखरेललाई नियुक्त गरेको छ। बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा पोखरेल प्रमुख कार्यकारी अधिकृत थिए।

    images
    images
    images

    अहिले उनी त्यहाँ वरिष्ठ उपाध्यक्ष पनि छन्। उनी केही वर्षअघि ग्लोबल आइएमई बैंकको सञ्चालक समेत थिए । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मर्जरपछि उनी पूणर्रूपमा समूहको प्रमुख कार्यकारी हुँदै भाइस प्रेसिडेन्ट भएका थिए।

    पोखरेलले ग्लोबल आइएमइमा यसअघि पनि जागिरेका रुपमा काम गरिसकेका छन्। बैंकिङ करिअर एभरेष्ट बैंकबाट थालेका उनले चार वर्ष काम गरेपछि ग्लोबल आएका थिए। ग्लोबलमा तीन वर्ष काम गरेपछि उनी सञ्चालक समिति सदस्य भएका थिए। उनी सहायक प्रबन्धकबाट बैंकको जागिरबाट बाहिरिएका थिए।

    बैंकको आइतबारको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो। बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नायब प्रमुख कार्यकारीमा सुरेन्द्र रेग्मी छन्। पोखरेल साढे दुई वर्षदेखि स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष छन् भने डिस होम नेटवर्क प्रालिका सञ्चालक पनि छन्।

    नेपालको पहिलो पूर्वाधार बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक भएर उनले डेढ वर्ष बिताएका थिए। उनले एमआइटी स्लोन स्कुल अफ म्यानेजमेन्टमा डिजिटल बिजनेस स्ट्राटेजी पढेका छन्। साथै शंकरदेव क्याम्पसमा एमबीए गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ