Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

BYD ले गर्यो आफ्नो ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन


ग्लोबल पाना
शुक्रबार, मंसिर १५ २०८०
  • 347
    SHARES

  • images
    BYD ले गर्यो आफ्नो ६० लाख न्यू इनर्जी भेहिकलको उत्पादन

    काठमाडौं । नोभेम्बर २४ मा, न्यू इनर्जी भेहिकल र पावर ब्याट्रीहरूको विश्व प्रमुख निर्माता, BYD ले, ऐतिहासिक उदाहरण बनाउदै आफ्ना ६० लाख न्यू इनर्जी भेहिकलको निर्माण सम्पन्न गरेको छ। यस रेकर्डले बिद्ध्युतिय सवारी  उद्योगको विकासमा  BYD को प्रतिबद्धताको निरन्तरता देखाउछ।

    images
    images
    images

    BYDले न्यू इनर्जी भेहिकलको उत्पादन, मात्रै तिन महिनामै ५० लाख देखि ६० लाख पुर्याउँदै, द्रुत गतिले निर्माण र बिक्रीमा नयाँ मापदण्ड हासिल गरेको छ।  BAO 5, जुन BYD को FANGCHENGBAO उप-ब्राण्ड अन्तर्गतको SUV हो, यसको ६० लाख उत्पादन उपलब्धिको खुसि प्रतिनिधि कर्मचारीहरुले एकआपसमा बाँडेका थिए।

    4.比亚迪乘用车出海港口集结.jpg

    BYDको विविध ब्रँड मैट्रिक्सहरूमा Dynasty र Ocean Series, FANGCHENGBAO, Denza, र Yangwang जस्ता विभिन्न ब्राण्डहरू बजारमा उपलब्ध गरिएको छ । अक्टोबरमा मात्रै BYD ले, ३,००,००० भन्दा बढी न्यू इनर्जी भेहिकलको बिक्री गर्दै, मासिक बिक्रि रेकर्ड हासिल गरेको थियो। । कम्पनीले प्रबिधिमा अग्रणी स्थान लिंदै BYD ले विश्व बजारमा सुनौलो र सुनिश्चित भविष्यको सिर्जना गरेको छ जसले  उपभोक्तहरूको विविध आवश्यकताहरूलाई पूरा गर्न सक्नेछ।

    २०१० बाटै, BYDले बस र ट्याक्सी जस्ता सार्वजनिक यातायातका साधन हरुको बिद्ध्युतिकरण गर्दै विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै आएको छ। BYDको बिद्ध्युतिय सार्वजनिक परिवहनका साधनहरू अब ७० भन्दा बढी देशको ४०० भन्दा बढी शहरहरूमा संचालनमा छन्।

    विश्वमा पहिचान बढाउँदै, न्यू इनर्जी भेहिकलको निर्यात र स्थानीय उत्पादन दुबैमा BYDले आफ्नो पहुँच बढाएको छ। हाल, BYDले ५८ देश र तिनका विभिन्न क्षेत्रमा प्रवेश गरि, जम्माजम्मी २००,००० भन्दा बढी गाडीहरु बिक्री गरिसकेको छ। न्यू इनर्जी भेहिकलको बजारमा थाइल्यान्ड, ब्राजिल, र अन्य देशरुमा महत्त्वपूर्ण जीत पनि हासिल गरिसकेको छ।

    BYDले, ब्लेड बैटरी, डीएम-आइ सुपर हाइब्रिड सिस्टम, इ-प्लेटफ़ॉर्म 3.0, सेल टु बडी टेक्नोलजी, ई4 प्लेटफ़ॉर्म, बीवाइडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, र ड्युअल मोड अफ-रोड (डीएमओ) सुपर हाइब्रिड सिस्टम, जस्ता नवीन र पर्यावरणमैत्री प्रविधिको विकासमा अग्रणी स्थान हासिल गरेको छ। भविष्यमा पनि, BYD, आफ्नो नवीन विकासमा कटिबद्ध रही, विश्वभरका थप ग्राहकहरूलाई उत्तम सवारीको अनुभव प्रदान गर्दै, पृथ्वीलाई १°C को दरले शीतल गर्नमा प्रतिबद्ध रहिरहने छ।

     

     

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ