काठमाडौं । साइबर सुरक्षा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि आइसिटी पत्रकार विकाश मञ्च , एडुप्ले युवा नेपाल र नेपाल टेलिकमको संयुक्त आयोजनामा साइबर सुरक्षा सम्बन्धि सचेतानमूलक कार्यक्रम नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
नेपाल टेलिकम केन्द्रिय कार्यलय भद्रकालीका अच्युत ओझाले साइबर अपराध घटनाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।
कार्यक्रममा नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयका प्रधानाध्यक अर्जुन फुयाँल, सहायक प्रध्यानाध्यापक शिव प्रसाद फुयाँल , विध्यालय इन्चार्ज कुमार हुमागाईँ नेपाल टेलिकम गोगंवु शाखाका प्रमुख नीर्मल घिमिरे, नेपाल टेलिकम भद्रकाली बाट अग्नी प्रसाद घिमिरे, वजार व्यावस्थापक केशव भटराई, आइसिटी पत्रकार विकास मञ्चकी उपाध्यक्ष मायालु लामा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा बालबालिकाहरुको सहभागिता रहेको थियो । समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको आयोजकले बताए ।
साथै कार्यक्रममा नेपाल टेलिकमको सिम सहभागी विद्यार्थीहरुलाई निशुल्क वितरण गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


