Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

राकुटेन भाइबर र घुमन्तेले ल्याए नयाँ कार्यक्रम


ग्लोबल पाना
शनिबार, मंसिर २३ २०८०
  • 392
    SHARES

  • images
    राकुटेन भाइबर र घुमन्तेले ल्याए नयाँ कार्यक्रम

    काठमाडौं। नेपालको पर्यटन गतिविधिलाई गतिशील बनाउने प्रयास स्वरूप राकुटेन भाइबरले उत्कृष्ट पुरस्कार ल्याएको छ। स्थानीय पर्यटनलाई बढावा दिने प्लेटफर्मको निरन्तरता स्वरूप अभियान थालिएको हो। समाजका विभिन्न पक्ष र पाटाहरूलाई मूलप्रवाहमा ल्याएर आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ अनुभवहरु प्रदान गर्ने भाइबरको उद्देश्य अनुरुप ल्याइएको कार्यक्रम ट्राभल इन्फ्लुएन्सर घुमन्तेको सहयोगमा सम्पन्न हुने राकुटेन भाइबरले जनाएको छ।

    images
    images
    images

    घुमन्तेले च्यानललाई विभिन्न गन्तव्यहरू प्रस्तुत गर्ने क्विज पोस्ट गर्दै रमाइलो तरिकाले ६ हप्तासम्म चलाउनेछन्, जहाँ प्रयोगकर्ताहरूले १५ हजार नगद पुरस्कार जित्न सक्नेछन्। यसका साथै एक भाग्यशाली विजेताले गोक्यो लेकमा अल एक्सपेंसेस पेड ट्रीप गर्ने अवसर प्राप्त गर्नेछन्। यस अभियान पश्चात्, छानिएका फ्यानहरूले आफ्नो मनपर्ने ट्राभल भ्लगर घुमन्तेसँग जोडिन, उनीहरूसँग अनुभव आदान प्रदान गर्न र यात्रासम्बन्धि विशेषज्ञ सुझावहरू संकलन गर्नका लागि पनि मिट-एण्ड-ग्रीट गर्न सक्नेछन्।

    अभियान अवधिभर घुमन्तेले गाइडको भूमिका बहन गर्दै हरेक हप्ता एक नयाँ नेपाली गन्तव्यको बारेमा बताउने छन्। यसका साथै विशेष सामग्रीहरु, व्यक्तिगत कथा र मनमोहक दृश्यहरूसहित प्रयोगकर्तालाई एक्सप्लोर नेपाल च्यानलमार्फत देशका चर्चा पाउन बाँकी तर सुन्दर अनि आकर्षक स्थानहरुका बारेमा सूचनामुलक जानकारी प्रदान गरिनेछ।

    यस सहकार्यप्रति आफ्नो उत्साह प्रकट गर्दै घुमन्तेले भने, “भाइबरको यस अभियानसँग जोडिन पाउँदा मैले सम्मानित महशुस गरेको छु। हामीसँग दर्शकहरुका लागि आश्चर्यचकित पार्ने कुराहरु धेरै छन्, त्यसैले वहाँहरुलाई हाम्रो देशका सुन्दर ठाउँहरु आफ्नै आँखाले देखाउन र महशुस गराउन एकदम लालायित छु।”

    “भाइबरका तर्फबाट हामी पनि यस अभियानमा उत्साहित छौं। यो भनेको हाम्रा प्रयोगकर्ताको मनमा रहेको यात्राको किरोलाई शान्त पार्ने र एडभेन्चर्सलाई सहज गरिदिने अभियान हो। यसको अग्रसरताका लागि घुमन्तेभन्दा उत्कृष्ट विकल्प को नै हुन सक्छ र। म ढुक्क छु वहाँले यात्राका उत्कृष्ट पलहरुलाई हाम्रा सब्सक्राइबर्स का अघिल्तिर ल्याउन विशेष भूमिका खेल्नु हुनेछ”, राकुटेन भाइबरमा एपाक का डाईरेकटर डेविड चेले भने।

    राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्।

    भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ।राकुटेन भाइबर, राकुटेन ग्रुप आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ