Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु


ग्लोबल पाना
आइतबार, मंसिर २४ २०८०
  • 332
    SHARES

  • images
    दुर्घटनामा शिक्षक र लेखापालको मृत्यु

    भरतपुर। चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ माडी नगरपालिका-१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन्।

    images
    images
    images

    तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए। बेलेरोको ठक्करबाट गम्भीर घाइते हुनुभएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो।

    मृतक पौडेल माडी नगरपालिका-१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका-३ आग्रीगाउँ निवासी हुन्। दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

    उनको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए। ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको उनले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ