Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

झापाको हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 244
    SHARES

  • images
    झापाको हल्दिबारीमा काठे पुल हटाएर पक्की पुल

    झापा। झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। झापाका अन्य पालिकामा भने काठे पुल यथावत छन् । गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीणर् पुल हटाएर पक्की पुल निर्माण गरिएका छन्।

    images
    images
    images

    काठे पुलको ठाउँमा कतै कंक्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ । केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएका छन्।

    झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए। ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीणर् भएका थिए। ‘अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ’, अध्यक्ष लिङ्देनले भने।

    होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनियालगायत खोला छन्। अजिङ्गर, हात्ती, हरिणलगायत जनावरको बासस्थान रहेको जलथल जङ्गल पनि छ। पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ।

    भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ। पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ। सबै ठाउँमा पुल पक्की बनिसकेका छन्।

    हल्दिबारीको जनसंख्या ४० हजार रहेको छ। पाँचै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए। पालिकाले विगत छ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ।

    मुख्य सडक कालोपत्र गरिएका छन्। कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा सङ्घीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएको छ।

    मुख्य सडक कालोपत्र भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ । अधिकांश सडक परियोजना एक करोडदेखि छ करोडसम्मको लागतमा निर्माण भएका हुन्।

    सडकको नियमित मर्मत सम्भार गर्नका लागि पालिकाले वार्षिक दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताए। रासस

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ