Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

५ महिनामा दुई हात्ती मृत फेला


ग्लोबल पाना
बिहीबार , मंसिर २८ २०८०
  • 294
    SHARES

  • images
    ५ महिनामा दुई हात्ती मृत फेला

    बनियानी । बाह्रदशी गाउँपालिका-१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

    images
    images
    images

    हात्ती नगेन्द्र राईको बारीको सुठुनी खाएर सोही स्थानको तोरी बारीमा मृत अवस्थामा फेला परेको उनले बताए ।  हात्तीको शरीरमा बाहिरी चोट पटक देखिएको छैन । घटनास्थलमा डिभिजन वन कार्यालय झापाका कर्मचारीले अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेका छन् । 

    झापामा चालु आर्थिक वर्षमा योसहित दुई वटा हात्ती मृत फेला परिसकेका छन् । हात्तीको आक्रमणमा परी हालसम्म दुई जनाको मृत्यु भएको डिभिजन वन कार्यालय झापाका वन अधिकृत ऋषि पराजुलीले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ