Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पल शाहको तीन तोलाको ब्रासलेट सुदूरपश्चिम महोत्सवमा हरायो


ग्लोबल पाना
सोमबार, पुस २ २०८०
  • 340
    SHARES

  • images
    पल शाहको तीन तोलाको ब्रासलेट सुदूरपश्चिम महोत्सवमा हरायो

    काठमाडौं । अभिनेता पूणर्विक्रम शाह उर्फ पल शाहको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो । महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार प्रस्तुतिका क्रममा फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने बताए । ‘फ्यान कसैले निकाल्यो वा आफै खस्यो त्यो थाहा भएन’, कुँवरले भने ‘ब्रासलेट भने हराएको हो ।’ ब्रासलेट हराएपनि पलले फ्यानलाई भने दोष नदिएको उनको भनाइ छ । ‘ब्रासलेट हराएकोमा पलले कुनै दुख व्यक्त गरेका छैनन्’, कुँवर थपे ।

    images
    images
    images

    उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ । पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ । 

    महोत्सवमा गायक प्रमोद खरेल, गायक रामजी खाँड, खेम सेन्च्युरी, पुष्कल शर्मा, हिमाल सागर, शान्तीश्री परियार, एलिना चौहान, प्रताप दास, रमेश राज भट्टराई, बबिता बानिया जेरी लगायत थुप्रै गायक गायिकाले प्रस्तुति दिइसकेका छन् । महोत्सवमा दैनिक करिब १ लाख बढी दर्शक  हुने गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ