Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा


ग्लोबल पाना
सोमबार, पुस ९ २०८०
  • 383
    SHARES

  • images
    अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा

    सिन्धुली। बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर अवरुद्ध गरिएको सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित वीपी राजमार्ग खुलेको छ। बसले मोटरसाइकललाई ठक्कर दिएपछि दुईजनाको मृत्यु भएसँगै आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्दै सडक नै अवरुद्ध पारेका थिए । तर, दिउँसो १ बजेबाट अवरुद्ध सडक सञ्चालनमा आएको र कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images

    रामेछापको मन्थलीबाट काठमाडौंजाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौंबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको थियो।

    बसले ठक्कर दिएलगत्तै सोमबार बिहान १० बजेबाट स्थानीयले सडक अवरुद्ध पारेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ