Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रियआइकन अवार्ड’ गायक एंव संगीतकार यमन माझिलाई


ग्लोबल पाना
शुक्रबार, पुस १३ २०८०
  • 269
    SHARES

  • images
    ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रियआइकन अवार्ड’ गायक एंव संगीतकार यमन माझिलाई

    काठमाडौं । ‘माझी किङ’ को उपनामले परिचित गायक एंव संगीतकार यमन माझिले ‘सर्वोकृष्ट गायक’ को बिधामा ‘ऐतिहासिक मनास्लु अन्तर्राष्ट्रियआइकन अवार्ड’ प्राप्त गरेका छन । विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा गरेको योगदानको कदर गर्दै सर्वोत्कृष्ट गायक अवार्डसहित मनास्लु मिडिया प्रा.लिद्धारा सञ्चालित मनास्लु पोष्टद्धारा आयोजित “सातौ मनास्लु राष्ट्रिय अवार्ड – २०८०” मा माझिलाई अवार्ड प्रदान गरिएको हो ।

    images
    images
    images

    मन बहादुर पुनको अध्यक्षतामा आदिवासी जनजाति आयोगका अध्यक्ष — माननिय राम बहादुर थापा मगर प्रमुख अतिथि बरिष्ठ अधिबक्ता गौ बहादुर आले मगर बिशिष्ट आतिथ्यतामा राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको कार्यक्रममा “एक विधा एक स्टार” सातौ मनास्लु राष्ट्रिय अर्वाड–२०८० मा विभिन्न क्षेत्रमा क्रियाशिल रहदै राष्ट्रलाई बिशेष योगदान पुर्याएका व्याक्तित्वहरुलाई अर्वाडद्धारा सम्मान गरिनुका साथै सम्मानित व्याक्तित्वहरुको प्रकाशित जीवनी एक तारा (भाग ७) को बिमोचन गरिएको थियो ।

    अवार्ड प्राप्त गरिसकेपछी उनले आफुलाई थप जिम्मेवारी बोध भएको र आफुलाई भाग्यमानी महशुस भएको बताए । माझिले आफ्नो समुदायको उत्थानको निम्ति गीत सङ्गित, फिल्म, डकुमेन्ट्री समेत निर्माण गरेका छन् । उनी विभिन्न संघ संस्था, कार्यक्रम तथा समारोहबाट सम्मानित भाईसकेका छन् । उनले अभिनय गरेको ‘मोङो डोङा २’ बाट पहिलो ज्योमो गाङ फिल्म अवार्ड २०१८ मा उत्कृष्ट नव अभिनेताको अवार्ड हात परेका थिए ।

    उनलाई बिरिसु मिडिया प्रालीले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा माझी समुदायको उत्थानका निम्ति गरेको योगदानको कदर गर्दै “माझी किङ” को उपाधिबाट सम्मान दिइएको थियो ।

    त्यसैगरी छैठौँ मनास्लु राष्ट्रिय अवार्ड २०७९ मा उनलाई माझी किङ सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । माझी समुदायको पहिलो रेकर्ड गरिएको भाषिक गीत गाएर उनले आफ्नो पहिचान बनाएका हुन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ