Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निणर्य


ग्लोबल पाना
शनिबार, पुस १४ २०८०
  • 370
    SHARES

  • images
    बालकुमारी घटना : मृतकको परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने सरकारको निणर्य

    काठमाडौं। सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई जनही १० /१० लाख रुपैयाँ राहत दिने निणर्य गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निणर्य गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    images
    images
    images

    बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निणर्य गरेको छ । सो वापतको रकम अर्थमन्त्रालयले गृह मन्त्रालयलाई निकासा गर्ने निणर्य भएको प्रवक्ता शर्माले बताइन्। बैठकले घटनाको निष्पक्ष छानविन गरि दोषिलाई कडा कारवाही गर्ने, भविष्यमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई संयमित र प्रभावकारी बनाउने निणर्य गरेको छ ।

    आगामी दिनमा यस किसिमका घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिवद्ध रहेकाले यस घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन बैठकले आह्वान गरेको प्रवक्ता शर्माले जानकारी दिइन्। उनले घटनाको छानविनका आधारमा अघि बढ्ने जिकिर गरिन्।

    गोली चलाउन आदेश दिने डिएसपी र मन्त्री प्रकाश ज्वालाको पीएसओलाई निलम्बन गर्ने निणर्य भइसकेको उनले बताइन्। अदालतको पूणर् फैसला आउने भन्ने कुरालाई पनि राम्रोसँग बुझाउन नसक्दा र भिड उत्तेजित भएर क्षति हुन पुगेकाले उपसचिवलाई पनि निलम्वन गरिएको प्रवक्ता शर्माले जानकारी दिइन्।

    इपिएस परीक्षामा सहभागी नगराएको भन्दै शुक्रबार बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा वीरेन्द्र साह र सुजन रावतको मृत्यु भएको थियो । प्रदर्शनका क्रममा मन्त्री प्रकाश ज्वालाको गाडी समेत जलाइएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ