Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

यस पटक पाकिस्तानमा मनाइने छैन नयाँ वर्ष ! देशभर कुनै पनि उत्सव गर्न प्रतिबन्ध


ग्लोबल पाना
आइतबार, पुस १५ २०८०
  • 240
    SHARES

  • images
    यस पटक पाकिस्तानमा मनाइने छैन नयाँ वर्ष ! देशभर कुनै पनि उत्सव गर्न प्रतिबन्ध

    काठमाडौं । यस वर्ष पाकिस्तानमा नयाँ वर्ष मनाइने छैन । सरकारले नयाँ वर्षको उपलक्ष्यमा कुनै पनि किसिमको उत्सव मनाउन प्रतिबन्ध लगाएको छ । प्यालेस्टाइन र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउन यो प्रतिबन्ध लगाइएको हो । कार्यवाहक प्रधानमन्त्री अनवरुल हक कक्कडले टिभीमा जनतालाई सम्बोधन गर्दै पाकिस्तान अहिले शोकको अवस्थामा रहेको र यसैलाई ध्यानमा राख्दै नयाँ वर्षमा कुनै पनि प्रकारको उत्सव मनाउन प्रतिबन्ध लगाउने निणर्य गरिएको बताए ।

    images
    images
    images

    प्रधानमन्त्री कक्कडले प्यालेस्टाइनको गाजा र वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विशेषगरी बालबालिकाको नरसंहारबाट पाकिस्तान र मुस्लिम समाज दुःखी भएको बताए । उनले भने ‘अक्टोबर ७, २०२३ यता इजरायली सेनाको क्रूरताबाट २१ हजार भन्दा बढी निर्दोष प्यालेस्टिनी मारिएका छन्। तीमध्ये नौ हजारभन्दा बढी बालबालिका छन् ।’

    इजरायली रक्तपात रोक्न पाकिस्तानले विश्वका हरेक मञ्चमा प्यालेस्टिनीको आवाज उठाएको र भविष्यमा पनि निरन्तरता दिने कक्कडले बताए । प्यालेस्टाइनी दाजुभाइ दिदीबहिनीलाई सहयोग गर्न पाकिस्तानले राहत सामग्रीको दुई वटा खेप पठाएको र तेस्रो खेप चाँडै पठाइने उनले बताए । इजरायल र हमासबीच अक्टोबर ७ देखि युद्ध चलिरहेको छ ।

    अक्टोबर ७ मा हमासले इजरायलमा पाँच हजारभन्दा बढी रकेट प्रहार गरेको थियो । त्यसपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग युद्धको घोषणा गरेका थिए । यस युद्धमा हालसम्म २१ हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ । जबकि, सयौं बन्धकहरू अझै पनि हमासको हिरासतमा छन्। इजरायली सेनाले बुधबार नै हमाससँगको युद्ध अझै केही महिना जारी रहने बताएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ