काठमाडौं । तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्ण हरि महर्जनलाई सार्वजनिक विदाले केही प्रभाव पारेन । उहाँ दिन रात नभनी जनताकाे सेवामा खटिदै आउनु भएकाे छ । जनप्रतिनिधी भएपछि महर्जनलाई काम गर्न भ्याई नभ्याई छ । उहाँ तारकेश्वर नगरवासीको हकहितका लागी नयाँ काम के गर्न सकिन्छ भनेर छलफल र सर-सल्लाहामा उत्तिकै जुटिरहनु भएकाे पाईन्छ । उहाँले नगरलाई कसरी विकास गर्न सकिन्छ भनेर नयाँ नयाँ साेच बनाई काम गर्दै आउनु भएकाे थुप्रै उदाहरणहरु पाईन्छन् ।

जनताको काम गर्न उहाँलाई विदाको दिन साँझ विहान केहीले रोक्दैन । यस्तै सिलसिलामा मिति २०८० पौष १५ गते विदाको दिन पनि मेयर कृष्ण हरि महर्जन तारकेश्वर वडा नं. २ को विकास निमार्ण कामको अनुुगमन सक्रियताका साथ फिल्डमा रहनु भएकाे थियाे । वडा नं. २ काभेस्थलीमा भईरहेको पुर्वाधारको कामको अनुुगमन निरिक्षणमा मेयर खटिनु भएकाे हाे । साथै उहाँले वडा नं. ९ को विभिन्न ठाउँको विकास निमार्ण एवं सामाजिक गतिविधिको समेत अनुुगमन निरिक्षण गर्नु भएकाे छ ।

अति नै मिलनसार मेयर टिममा मिलेर छलफल गर्दै काम गर्न अति नै रुचाउनु हुन्छ । उहाँलाई यस्ता सामाजिक कार्यमा हरदम सहयोग गर्ने तारकेश्वर नगरपालिकाको टिम, न्यायिक समितीका सदस्य उज्वल अधिकारीले विशेष रुपमा सहयोग गर्दे आउनु भएकाे छ । अधिकारी एक इमानदारी, निष्ठावान सामनजिक कार्यमा जागरुक युवा हुनुहुन्छ । उहाँहरुले गर्ने याे कार्य साच्चिकै प्रशंसनीय र मुल्यवान छन् ।

नगर प्रमुख महर्जनले चुनावका वेला गरेका प्रतिवद्धताहरु पुरा गर्न विदा पनि नभनि हरपल जनताकाे सेवामा लागी पर्नु भएकाे छ । उहाँले आगामी दिनहरुमा पनि यस्ता कार्यको निरन्तरता र परिणाममुुखी बनाउन लागि रहने बताउनु हुन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


