Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अभियानका रूपमा मनाइयो नेपाली टोपी दिवस


ग्लोबल पाना
सोमबार, पुस १६ २०८०
  • 324
    SHARES

  • images
    अभियानका रूपमा मनाइयो नेपाली टोपी दिवस

    काठमाडौं । जागरूक युवा अभियान नेपालले आज ‘नेपाली टोपी : नेपाली पहिचान’ को नारासहित अभियानका रूपमा ११औँ नेपाली टोपी दिवस मनाएको छ ।

    images
    images
    images

    वसन्तपुरमा भेला भएका अभियानकर्मी घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्जन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल कालोटोपी, जनक कार्की, लक्ष्मण लम्साल, वसन्त हुमागाईं र राजेश खत्रीले विज्ञप्ति जारी टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न माग गरे ।

    सदियौँदेखि नेपाली पहिचानका रूपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि नेपाली ढाका र भादगाउँले टोपीलाई राष्ट्रिय पहिचानकारूपमा मान्यता दिन मागसहित अभियानका रूपमा यो दिवस मनाउन थालिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ