Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

जापानमा भूकम्पबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टी


ग्लोबल पाना
मंगलबार, पुस १७ २०८०
  • 391
    SHARES

  • images
    जापानमा भूकम्पबाट अहिलेसम्म ३० जनाको मृत्यु भएको पुष्टी

    काठमाडौं । जापानमा सोमबार गएको भूकम्पका कारण अहिलेसम्म ३० जनाको मृत्यु भएको जानकारी आएको छ । स्थानीय प्रशासनले उनीहरुको मृत्यु भएको पुष्टि गरेको छ । सोमबार जापानमा ७.६ म्याग्निच्युडको भूकम्प गएपछि प्रशासनले सुनामीको चेतावनी जारी गर्दै तटीय क्षेत्रबाट मानिसहरूलाई बाहिर निस्कन आग्रह गरेको थियो ।

    images
    images
    images

    तर, यो चेतावनीलाई मंगलबार बिहान एडभाइजरीमा परिणत गरिएको छ । अहिलेसम्म वाजिमामा १६ र सुजुमा ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

    भूकम्पपछि मानिसलाई बचाउने प्रयास भइरहेको छ भने एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका छन् । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्प प्रभावित जनतालाई छिट्टै सहयोग पुग्ने आश्वस्त पार्ने बताएका छन् ।

    उनी भन्छन्, ‘सडक भत्किएकाले आत्मरक्षा बललाई भूकम्प प्रभावित क्षेत्रमा पुग्न निकै चुनौती छ । भवनमा फसेका व्यक्तिहरूलाई जतिसक्दो चाँडो उद्धार गरि भवन भत्किनुअघि नै बाहिर निकाल्न सकिन्छ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ