Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विकास निर्माणका कामको अनुगमन गर्न जिसस कास्की टोली माछापुच्छ्रेमा


ग्लोबल पाना
मंगलबार, पुस १७ २०८०
  • 343
    SHARES

  • images
    विकास निर्माणका कामको अनुगमन गर्न जिसस कास्की टोली माछापुच्छ्रेमा

    पोखरा । जिल्ला समन्वय समिति (जिसस) कास्किले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा भएका विकास निर्माणको कामको अनुगमन गरेको छ । मंगलबार जिल्ला समन्वय समिति कास्किका प्रमुख लिलाधर पौडेल, उपप्रमुख सरीता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्यहरु हर्क बहादुर गुरुङ, राजु अधिकारी, बालिका सुवेदी, गणेश बहादुर घर्ती, सुकमाया नेपाली, सब–इञ्जिनियर गोविन्द शाही समेतको टोली गाउँपालिकामा पुगेर विकास निर्माणको कामको अनुगमन गर्ने, जानकारी लिने र निर्देशन दिने काम गरेको हो ।

    images
    images
    images

    अनुगमन टोलीलाई जानकारी दिँदै गाउँपालिकाका इञ्जिनियर चोलाकान्त रेग्मीले माछापुच्छ्रे गाउँपालिकामा विशेषगरी संघीय समपुरक, संघीय विशेष र शसर्त कार्यक्रमहरु मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको बताए । उनले पालिकाको वडा नं. ४ साहुथरमा निर्माण भैरहेको प्रशासकिय भवनको झण्डै ९० प्रतिशतको हाराहारीमा काम सम्पन्न भएको सुनाए ।

    यो भवनमा जिससको लागत साझेदारी कोष मार्फत २ करोड ५० लाख प्रदान गरिने भएको कारण समेत समन्वय समितिको बढी चासो छ । यो आर्थिक वर्ष तीनवटा बाटोको टेण्डर भैसकेको गाउँपालिकाले जनाएको छ । दूई संघीय समपुरकको बाटो हो, एउटा प्रदेश समपुरकको बाटो हो । यस्तै विशेष आयोजनामा खानेपानी आयोजनाको टेण्डर भएको छ ।

    दुईवटा खानेपानी आयोजनाको रकम भुक्तानी गर्न बाँकी छ । उपभोक्ता समितिको काम गाउँपालिकाले सम्झौता गरेर गरिरहेकव छ । यो वर्ष लागत साझेदारीमा ७० प्रतिशत गाउँपालिकाले दिने र ३० प्रतिशत उपभोक्ताको लागत साझेदारी कार्यविधि बनाएर काम सुरु गरिएको छ । सबै पूर्वाधारको काम चुस्त दुरुस्त रुपमा अगाडि बढेको दावी अनुगमन टोली समक्ष गाउँपालिकाले गरेको छ ।

    गतवर्षका उपभोक्ता समितिले गरेको काम मध्ये एउटा बाहेक सबै योजना कार्यान्वयनमा गएको गाउँपालिकाको भनाई छ । एउटाको भुक्तानि बाँकी छ । ठेकेदारबाट गरेको कामको पनि सबै रनिङ विलहरु भुक्तानी दिएको र सबै योजना कार्यान्वयन हुने अवस्थामा गएको जानकारी गराइयो ।

    निर्माणाधिन प्रशासनिक भवनको प्राप्त रनिङ बिलको भुक्तानी भएको, अगाडिको कम्पाउण्डवाल निर्माण भैरहेको र त्यहाँ रहेका विवादित जग्गाधनीको रायसुझाबको आधारमा नाला बाटो बाहिरबाटै निर्माण गरिएको कारण करिब सम्पन्नको अवस्थामा भएकोले सो कार्य सम्पन्न पश्चात ९० प्रतिशत कार्य सम्पन्न हुने र त्यसपछि ठेकेदारलाई स्विकार्य सटिफिकेट दिएर बाँकी काम नयाँ प्रक्रिया मार्फत गर्ने योजना समेत गाउँपालिकाले बनाएकाे छ।

    कार्यालयको सुरक्षााका लागि नयाँ भवनमा ६४ वटा सिसी क्यामेरा जडान गरिएको छ । अनुगमन पश्चात भएको छलफल कार्यक्रममा अनुगमन टोलीसँग गाउँपालिकाका वडाध्यक्षहरु गणेश आचार्य, इन्द्र गुरुङ, नारायण प्रसाद पौडेल, हरिश्चन्द्र लम्साल, मधुसुधन अधिकारी, राम बहादुर गुरुङ, हरि बहादुर क्षेत्री लगायतले विभिन्न समस्या सुनाउदै केही जिज्ञाशा राखेका थिए ।

    उनीहरुका समस्या र जिज्ञाशालाई जिल्ला समन्वय समिति कास्किका प्रमुख पौडेल र जिल्ला समन्वय अधिकारी बरालले मेटाएका थिए । जिल्ला समन्वय समिति प्रमुख पौडेलले भवन निरिक्षणको लागि यस अगाडि दुईपटक आएर लिखित रुपमा सुझाब समेत दिएकोमा पहिलोपटक दिएका सुझाब कार्यान्वयन भएको बताए । लिफ्ट राख्ने, विजुलीको ट्रान्सफर्मर ल्याउने, साइडबाट कुलो बनाएर पानीको निकास बनाउने लगायतका निर्देशन कार्यान्वयन भएको उनले जनाए ।

    अझैपनि काम धेरैं बाँकी भएकोले चाडो भन्दा चाडो कार्य सम्पन्न गर्ने दिशामा अगाडि बढाउन निर्देशन दिए । काम गर्ने क्रममा अप्ठ्यारा आउँने भएपनि जनप्रतिनिधिहरु जिम्मेवारी बहन गर्ने ठाउँमा भएकोले धैर्यता कायम गरेर जनताका काम गर्न समेत उनले आग्रह गरें । जनतालाई केन्द्रविन्दुमा राखेर तथा भएका श्रोत साधनको भरपुर उपयोग गरेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

    ‘जनप्रतिनिधि अब्बल बन्नुपर्छ, प्रश्न उठ्ने काम गर्नु हुँदैन, पाँच वर्षको यो समयमा इमान्दार भएर काम गर्नुहोला’ उनले भने । केही समस्या हुँदा जानकारी गराउन आग्रह गरेका उनले जिल्ला समन्वय समितिले पठाएका पत्रको जवाफ समयमा पाउन नसकेकोमा गुनासो समेत गरें । ऐन निर्माण नहुँदा केही काममा समस्या भएको समेत उनको भनाई थियो ।

    जिल्ला समन्वय अधिकारी बरालले जिल्ला समन्वय समितिले जिल्लाको विकास निर्माणको काममा समन्वय, सहजिकरण र सन्तुलित विकासका लागि समन्वयकारी भूमिका खेल्दै आएको बताए । संघ, प्रदेश र स्थानीय निकायले निर्माण गरेका ऐन तथा नियमले प्रदान गरेका जिम्मेवारीलाई पुरा गर्नको लागि अनुगमनका कार्यहरु निरन्तर गरिरहेको उनले खुलाए ।

    गाउँपालिकाका प्रमुख मिनबहादुर गुरुङले विकास निर्माणका कामलाई समयमा सम्पन्न गर्ने कार्य भैरहेको बताए । प्रशासकिय भवन निर्माणमा देखिएका समस्यालाई समाधान गर्ने प्रयास जारी राखिएको र छिट्टै सबै समस्या समाधान भएर जाने उनको विश्वास थियो । गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले स्थानीय निकायमा नेतृत्व परिवर्तनको असर समेत भवन निर्माणमा परेको कारण केही समस्या देखिएको गुनासो गरिन् ।

    झण्डै दुईवर्षको मेहनत पश्चात अब कामले एउटा आकार लिएको उनको भनाई छ । प्रशासकिय भवन निर्माण स्थल भित्र रहेका परिवार नियोजन र सहकारी भवन स्थान्तरण तथा कम्पाउण्ड भित्र पर्ने व्यक्तिको जग्गाको विवाद समेत समाधान हुने दिशामा अगाडि बढेको उनले खुलाइन् ।

    अबको गाउँ सभा त्यहाँको सभाहलमा गर्ने भनेर आज बसेको कार्यपालिका बैठकमा निर्णय गरिएको उनले खुलाइन् । त्यहाँ सरेपछि आएका समस्या मिलाउँदै जाने योजना आफुहरुको रहेको उनको भनाई छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोपिकृष्ण अर्यालले समन्वय समितिले दिएको निर्देशन अनुसार विकास निर्माण तथा पूर्वाधार निर्माणका कार्य सम्पन्न गरिने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ