Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

मलेसियामा उधौली पर्व भव्यताका साथ सम्पन्न


ग्लोबल पाना
बुधबार, पुस १८ २०८०
  • 265
    SHARES

  • images
    मलेसियामा उधौली पर्व भव्यताका साथ सम्पन्न

    मलेसिया । मुलबासी मङ्गोल प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाएका छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ ।

    images
    images
    images

    किराँत राइहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ ।

    वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसान गर्नका लागि मनाइने चाड उभौली हो । बाली भित्र्याउने समयलाई उधौली चाड मनाउने गरिन्छ । बाली भित्र्याउनुअघि प्रकृतिसँग नजिक भुम्या देवाको पूजा गरेर आफ्ना पुर्खा र पितृलाई सम्मान गर्दै चढाउने प्रचलन रहेको छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनाका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ ।

    किराँत समुदायका मूलतः ,राई, लिम्बू, थाङ्मी,सुनुवार र याख्खाहरूले उधौली पर्व परम्परागत वेशभूषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा सेहोले बुम्बो साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गर्दछन् । यसैबिच प्रवास मलेसियाको राजधानी कोलालम्पुरमा भव्यताको साथ मूलबासी किराती राइसमुदायहरूले उधौली साकेला सिली पर्व मनाइएको छ ।

    उक्त कार्यक्रम किरात राई यायोख्या प्रवास सभा मलेशियाको उपाध्यक्ष डम्बर राई ज्युको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि प्रवास मलेसियाको राजदूत महामयम दिल्लीराज पौडेल, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ मलेसियाका अध्यक्ष बिपिन राई,एनआरएनए मलेशियाका सचिव टिकाराम अधिकारी अतिथिहरूमा मलेसिया स्थित विभिन्न जाति समुदाय सामाजिक राजनीतिक पार्टीका प्रतिनिधिज्यूहरू र स्थानीय कलाकार र अनलाइन मिडियाकर्मीहरू रहेका थिए।

    कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावलाई स्वागत गर्नुहुँदै किराँत याक्थुम चुम्लुङ संस्थाका उपाध्यक्ष दीप किरण लिम्बुज्यूले स्वागत मन्तव्य राख्नुको साथै । उधौली पर्व साकेला सिलीको शुभकामना व्यक्त गर्नुभएको थियो। भने कार्यक्रम उद्घोषक किरात राई यायोख्या मलेसियाका सचिव यज्ञकुमार राईले गर्नुभएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ