Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा सक्रिय


ग्लोबल पाना
बिहीबार , पुस १९ २०८०
  • 281
    SHARES

  • images
    पूर्वराजा ज्ञानेन्द्र शाह देश दौडाहामा सक्रिय

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झन् उत्साही बन्दै गएका छन् । उनी देश दौडाहामा सक्रिय भएसँगै उत्साही भएका हुन् । विभिन्न समयमा वक्तव्य दिने गरेका पूर्वराजा झापामा दुर्गा प्रसाईंको अभियानमा मञ्चमै उपस्थित भएका थिए । राजंस्थाको अन्तपछि पहिलोपटक पूर्वराजा राजनीतिक मञ्चमा देखिएका हुन् ।

    images
    images
    images

    पूर्वराजा शाह केही दिन अघि नाति हृदयन्द्र शाहसँगै देखिए । यो घटनाले तरंग नै ल्यायो । पूर्वराजा बिहिबार भैरहवामा एक कार्यक्रममा सहभागी हुनेछन् । उनले बोल्ने समेत भनिएको सहभागितालाई चासोका साथ हेरिएको छ ।

    भैरहवाको कार्यक्रमअघि पूर्वराजाले बुधबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु बुद्धिमान तामाङ, रविन्द्र मिश्र, महामन्त्री धबल शमशेर जबरा र अर्का नेता दिपकबहादुर सिंहलाई सामूहिक भेटेका छन् । भेटमा पूर्वराजाले आफ्नो भूमिका सबैलाई एकताको सूत्रमा बाँध्ने रहेको बताएको मिश्रले जानकारी दिएका छन् ।

    पूर्वराजा शाह दलहरुसँग सहमति गरेर राजसंस्था फर्काउने आव्हान घुमाउरो तरिकाले गर्दै आएका छन् । उनले विभिन्न रणनीतिबाट दलहरुमाथि दबाब बढाएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ