Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘यातायात सम्बन्धी विधेयक सरकारले अगाडि बढाउँछ’


ग्लोबल पाना
आइतबार, पुस २२ २०८०
  • 222
    SHARES

  • images
    ‘यातायात सम्बन्धी विधेयक सरकारले अगाडि बढाउँछ’

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले संसद्को आगामी अधिवेशनमा यातायातसम्बन्धी विधेयक पेस गर्ने तयारी गरिएको बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटनमा मन्त्री ज्वालाले यातायात व्यवसायीको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक र सवारी तथा यातायातसम्बन्धी विधेयक अगाडि बढाउने बताए ।

    images
    images
    images

    सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने तयारीमा सरकार रहेको उल्लेख गर्दै मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न भएकाले सो ऐन समयानुकूल हुनेगरी परिमार्जनका लागि मन्त्रिपरिषद्मा पेस गरेको जानकारी दिए ।

    महासङ्घका अध्यक्ष हीरालाल श्रेष्ठले ट्रक व्यवसायको सिलसिलामा पार्किङको समस्या हुने गरेको, भारतीय ट्रकका कारण नेपाली ट्रक व्यवसायी मर्कामा परेको भन्दै त्यस्ता समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ