Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दर्ता आज


ग्लोबल पाना
सोमबार, पुस २३ २०८०
  • 265
    SHARES

  • images
    राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारी दर्ता आज

    काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। उम्मेदवारी दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूणर् तयारी पूरा भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए।

    images
    images
    images

    मुलुकका सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ।

    उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

    उम्मेदवारलाई निर्वाचन चिह्न भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ। निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक-एक मतदानस्थल र दुई-दुई वटा मतदान केन्द्र कायम गरिएको छ।

    मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ। माथिल्लो सदनका रुपमा रहेको प्रबुद्ध समूहको प्रतिनिधित्व हुने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ।

    अघिल्ला वर्षमा जस्तै यस निर्वाचनमा पनि विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपाङ्गता भएका व्यक्ति वा अल्सङ्ख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ