Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ


ग्लोबल पाना
सोमबार, पुस २३ २०८०
  • 294
    SHARES

  • images
    केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ

    काठमाडौं। नेपाल प्रहरीले केकभित्र गाँजा राखेर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौं महानगरपालिका वडा नं २९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

    images
    images
    images

    ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक चक्रराज जोशीले केकभित्र गाँजा राखेर अनलाइनमार्फत कारोबार गरेको आरोपमा मानन्धरलाई पक्राउ गरिएको जानकारी दिए। “इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत मानन्धरले ती केक बिक्री वितरण गर्ने गरेको अनुसन्धानमा खुलेको छ,” उनले भने।

    प्रहरीले पक्राउ मानन्धरसँग गाँजाको धुलो एक सय २१ ग्राम, तयारी अवस्थाको केकको झोला एक सय ७८ ग्राम, गाँजा तीन किलोग्राम बरामद गरेको छ। मानन्धरले विगत एक वर्षदेखि यसरी केक बनाएर बेच्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोले जनाएको छ।

    पक्राउ मानन्धरलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता जोशीले बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ