Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

हिमालयन बैंकको एकतीसौं वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
आइतबार, पुस २९ २०८०
  • 402
    SHARES

  • images
    हिमालयन बैंकको एकतीसौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । हिमालयन बैंक लिमिटेडको एकतीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।

    images
    images
    images

    सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९-०८० को प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको तथा तत्कालिन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको जानकारी गराएका थिए ।

    यसका साथै उहाँले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तत गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवीत्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार संचालन गरिरहेको जानकारी गराए । उनले बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गर्ने प्रक्रियामा रहेको जानकारी गराए ।

    उनले बैंकले आ.व. २०७९-०८० को अन्त्यसम्म प्राप्ति सहित रु. २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप संकलन र रु. २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको जानकारी गराउनु भयो जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो । उहाँले विश्वका आर्थिक, सामाजिक तथा भू—राजनीतिक घटनाहरुका कारण हाल यस बैंक तथा सम्पूणर् बैकिङ्ग क्षेत्रले नै चुनौतीको सामना गरिरहेको रहेको बताए ।

    उक्त साधारण सभाले बैंकले आफ्नो कुल शेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि अङ्कित मुल्यमा प्रिमियम थप गरी साधारण शेयर थप सार्वजनिक निष्काशन गर्ने तथा उक्त थप सार्वजनिक निष्काशनको संख्या निर्धारण गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

    उक्त सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना संचालक पदमा प्रचण्ड बहादुर श्रेष्ठ, फरहान तलिव, जितेन्द्र धिताल, सुनिल बहादुर थापा र प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भएको तथा सर्बसाधारण शेयरधनीको तर्फबाट आशिष शर्मा निर्विरोध निर्वाचित भएको तथ्य निर्वाचन अधिकृत रमेश सापकोटाले जानकारी दिए ।

    त्यसैगरी बैंकको आजै बसेको संचालक समितिको बैठकले नव नियुक्त संचालकहरु मध्ये प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।

    नवनिर्वाचित संचालकहरुलाई बधाई दिंदै बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पर्दै अध्यक्ष श्रेष्ठले बैंकको सेवा तथा सुविधाहरुलाई समयानुरुप आकर्षक एवं गुणस्तरीय बनाउने तर्फ बैंक निरन्तर प्रयासरत रहने पनि बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ