Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

होटल सङ्घ नेपाल (हान)ले आज नेपाल सत्कार दिवस मनाउने


ग्लोबल पाना
मंगलबार, माघ २ २०८०
  • 380
    SHARES

  • images
    होटल सङ्घ नेपाल (हान)ले आज नेपाल सत्कार दिवस मनाउने

    काठमाडौं । होटल सङ्घ नेपाल (हान)ले आज माघ २ गते काठमाडौँमा नेपाल सत्कार दिवस मनाउने भएको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै सङ्घ स्थापना दिवसका अवसरमा पहिलो पटक सत्कार दिवस मनाउन लागेको र सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

    images
    images
    images

    दिवसका अवसरमा होटल क्षेत्रको वर्तमान स्थिति, विकासका सम्भावनाहरुका साथै चुनौतीबारे प्रस्तुति रहने सङ्घको भनाइ छ । अन्ठाउन्न वर्षअघि माघ २ गते स्थापना भएको सङ्घले दिवसका अवसरमा ‘नेपाल इयरबुक २०२४’ र ‘ई-लर्निङ’ प्लेटफर्ममार्फत दक्ष कामदार उत्पादनसम्बन्धी अनलाइन प्रशिक्षण पनि सार्वजनिक गर्ने जनाएको छ ।

    दिवसका अवसरमा सातै प्रदेशका मौलिक रैथाने खाना तथा पेय पदार्थबाट करिब ३ सय देशभरका होटल व्यवसायीलगायत स्वदेशी तथा विदेशी पाहुनालाई सत्कार गरिने सङ्घको भनाइ छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ