Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रिपब्लिक बचत तथा ऋण सहकारी सस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
मंगलबार, माघ २ २०८०
  • 318
    SHARES

  • images
    रिपब्लिक बचत तथा ऋण सहकारी सस्थाको तेह्रौ बार्षिक साधारण सभा सम्पन्न
     

    काठमाडौं । रिपब्लिक बचत तथा ऋण सहकारी सस्था लि.को तेह्रौ बार्षिक साधारण सभा मिति २०८०/०९/२८ गते सम्पन भएको छ । संस्थाको आफ्नै कार्यालय तारकेश्वर नगरपालिका शुभकामना चोकमा रहेको अजिमा पार्टी प्यालेसमा साधारण सभा भएको हो । 

    images
    images
    images

    सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आ.व. २०८०/८१ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका विवरणहरु सहित अन्य प्रस्तावहरु छलफल गरी स्वीकृत भएका छन् ।

    उक्त वार्षिक साधारण सभाका प्रमुख अतिथि तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरी महर्जन रहेका थिए । त्यसै गरी विशेष अतिथि सहकारी विभाग प्रमुख तीर्थ राज मगर,संस्थाको अध्यक्ष मदन कुमार अधिकारीको  सभापतीत्वमा १३ औँ साधारण सभा सुसम्पन्न भएको थियो । 
     
    साधारण सभाको उद्घाटन गर्दे प्रमुख अतिथि नगर प्रमुख महर्जनले वर्तमान विश्व नै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाहरुले ५९ लाख विपन्न सदस्यहरुलाई  वित्तीय सेवा पुर्याएर मुलुकको आर्थिक सुधारमा टेवा दिएको बताए । गाउँघर तथा सहरबजारमा छरिएर रहेका स–साना पुँजीहरुलाई एकीकृत गरि सहकारी संस्थाहरुले ऋण प्रवाह गरि रहेको र अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाईरहेको पनि बताए।  

    पछिल्लो समय सहकारी प्रति आम मानिस तथा बचत कर्ताहरुको हेर्ने दृष्टिकोण फरक भएको र यो विषम परिस्थितिमा पनि सहकारीलाई जोगाउन राम्रो सञ्चालक तथा अध्यक्ष चाहिने बताउँदै रिपब्लीक बचत तथा ऋण सहकारी सस्था त्यसको एक उदाहरण भएको बताएका थिए  । 

    यस साधारण सभामा निर्वाचन कार्यक्रम रहेकाले पुरानै संचालक  समिति र लेखा समितिमा केहि नयाँ व्यक्तित्व चयन भयो । यस सभामा लगभग २५० जना शेयर सदस्यहरुको गरिमामय  उपस्थितिमा शान्त बातावरणमा सुसम्पन्न भएको थियो । यस सभाले निम्न लिखित पदाधिकारीहरुको चयन गरि शवथ ग्रहण गरि कार्य सम्पन्न गरेको थियो ।
     
    संचालक समितिका पदाधिकारीहरु
    अध्यक्ष – श्री मदन कुमार अधिकारी
    उपाध्यक्ष – श्री पार्वती थापा
    सचिव – श्री रविलाल भुसाल
    कोषाध्यक्ष – श्री रामचन्द्र लम्साल
    सदस्य – श्री भगबती गौतम
    सदस्य – श्री बालकुमारी वाग्ले
    सदस्य – श्री सेवक मान महर्जन


    लेखा समितिका पदाधिकारीहरु
    सयोजक – श्री शिव बहादुर भण्डारी
    सदस्य – श्री कन्चना अवा
    सदस्य – श्री सावित्री बस्नेत 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ