काठमाडौं । सेयर बजारको परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ । मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ ।
५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ । नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो । सो दिन नेप्से २२ सय विन्दु पुगेको थियो । कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।
यो कारोबार रकम करिब दुई वर्ष अर्थात २०७८ माघ २० यताकै उच्च हो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


