Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

 घट्यो खोटाङमा सवारीसाधनको भाडादर


ग्लोबल पाना
मंगलबार, माघ ९ २०८०
  • 1,197
    SHARES

  • images
     घट्यो खोटाङमा सवारीसाधनको भाडादर

    खोटाङ । खोटाङ जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो ।

    images
    images
    images

    जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए । ‘जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा तीन सय १० रुपैयाँसम्म घटाइएको छ’, उनले भने, ‘भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ ।’


    बसमा दिक्तेल-खुर्कोट नौ सय ५०, दिक्तेल-काठमाडौँ एक हजार तीन सय, दिक्तेल-रसुवा-गाईघाट-धरान खडकखण्डमा दिक्तेल-गाईघाटको एक हजार, दिक्तेल-इटहरीको एक हजार तीन सय, दिक्तेल-धरान एक हजार तीन सय ५० रुपैयाँ निर्धारण गरिएको छ ।

    यस्तै, दिक्तेल-कटारी-धरान-विराटनगर-काँकडभिट्टा सडकखण्डमा दिक्तेल-कटारी एक हजार, दिक्तेल-मिर्चैया एक हजार एक सय, दिक्तेल-लहान एक हजार दुई सय, दिक्तेल-इटहरी एक हजार चार सय ५०, दिक्तेल-धरान एक हजार पाँच सय, दिक्तेल-विराटनगर एक हजार पाँच सय ५० र दिक्तेल-काँकडभिट्टा एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ ।

    दिक्तेल-भोजपुरअन्तर्गत दिक्तेल-चखेवा पाँच सय ५०, दिक्तेल-भोजपुर आठ सय, दिक्तेल-मानेभन्ज्याङ पाँच सय ३०, दिक्तेल-रोक्सिम भन्ज्याङ छ सय, दिक्तेल-खोटाङबजार सात सय भाडादर तोकिएको छ ।

    यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए ।

    लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको एक सय, हुर्लुङ एक सय ५०, नुनथला दुई सय, महुरे दुई सय ५०, अर्खौले तीन सय र हलेसी तीन सय ५० रुपैयाँ भाडा लिनुपर्ने जनाइएको छ ।

    भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको दुई सय ५० र बिरामीसहित तीनजना भएमा तीन सय ५० लिने निणर्य भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ । 

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ