Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

केही प्रदेशमा हल्का वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना


ग्लोबल पाना
आइतबार, माघ २१ २०८०
  • 365
    SHARES

  • images
    केही प्रदेशमा हल्का वर्षा, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागको मौसम मूख्यतया सफा रहनेछ ।

    images
    images
    images

    देशका केही ठाउँहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यमस्तर सम्मको हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    दिउँसो भने देशभर साधारणतया बदली रहने र कणर्ाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


    त्यस्तै, बागमती प्रदेशको थोरै स्थानहरू तथा बाँकी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ