Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त


ग्लोबल पाना
बुधबार, माघ २४ २०८०
  • 319
    SHARES

  • images
    महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा लम्साल नियुक्त

    काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको संचालक समितिको बैठकले लम्साललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निणर्य गरेको हो। उनी यसअघि बैंकमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

    images
    images
    images

    उनलाई माघ २४ गतेबाट लागु हुनेगरी चार वर्षका लागि सिइओ पदमा नियुक्त गरेको हो । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निणर्य बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृतको भुमिकामा रहेका थिए । बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय दरबारमार्गमा स्वागत कार्यक्रम सम्पन्न समेत गरिसकेको छ ।

    उक्त कार्यक्रममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्धता व्यक्त गरे । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूणर् कर्मचारीलाई प्रयत्नशिल रहन आग्रह गरे । विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभब रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ