Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

संविधान र कानुन विपरीत काम गर्ने जोकोही कारवाहीमा पर्छन् : गृहमन्त्री श्रेष्‍ठ


ग्लोबल पाना
शुक्रबार, माघ २६ २०८०
  • 289
    SHARES

  • images
    संविधान र कानुन विपरीत काम गर्ने जोकोही कारवाहीमा पर्छन् : गृहमन्त्री श्रेष्‍ठ

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यको जुनसुकै पहुँचमा रहेर संविधान र कानुन विपरीत राज्यलाई दोहन गर्ने जोकोहीलाई कारवाहीमा ल्याउने बताएका छन् । शुक्रबार अध्यागमन विभागको ई-भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भ कार्यक्रममा उनले राज्यको पहुँचमा रहेको शक्तिशाली वर्ग, राजनीतिक दलका नेता र तीनलाई परिचालन गर्ने व्यक्तिहरू जोकोही भएतापनि संविधान र कानुन विपरीत राज्यलाई लुट्नेलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

    images
    images
    images

    उनले दोषीलाई कारबाहीको प्रक्रियामा विभिन्न राजनीतिक दल, संघ संगठनहरुबाट हस्तक्षेप हुने गरेको गुनासो गरे । गृहमन्त्री श्रेष्ठले अध्यागमनलाई राज्यले सुशासनको प्रक्रियामा अगाडि बढ्न खोज्दा त्यसमा बाँधा पुर्‍याउन पाइँदैन भनी खबरदारी गरिदिन आग्रह गरे ।


    उनले छिटै राष्ट्रिय परिचय पत्रलाई अन्य सेवासँग एकीकृत गरेर जाने प्रक्रियापनि अगाडि बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायबाट हुने सेवा प्रवाहलाई पनि सरल सहज र जनमुखी ढङ्गले बनाउनका निम्ति पहलकदमी गरिरहेको जानकारी दिए ।

    ई-भिसा, अफिस स्वचालन, अनलाइन भुक्तानीको शुभारम्भले गृह प्रशासनको सुधार कार्ययोजना अन्तर्गत नै अध्यागमनले फड्को मारेको उनको विश्वास छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ