Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

रसुवाको आमाछोदिङ्मोमा होमस्टे तालिम सम्पन्न


ग्लोबल पाना
आइतबार, माघ २८ २०८०
  • 362
    SHARES

  • images
    रसुवाको आमाछोदिङ्मोमा होमस्टे तालिम सम्पन्न

    रसुवा । रसुवा जिल्लाको अमाछोदिङ्मो गाउँपालिकामा होमस्टे (घरबास) अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिम सम्पन्न गरिएको छ । एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । प्राकृतिक सुन्दरता, कृषि र हाईड्रो पर्यटनको प्रचुर सम्भावना रहेको आमाछोदिङ्मो गाउँपालिकाका प्रमूख बुचुङ तामाङले तालिम समापनका अवसरमा पर्यटकीय श्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा होमस्टे अभिमूखीकरण तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गर्नु भयो ।

    images
    images
    images

    गाउँपालिकाका विभिन्न वडाका सहभागीहरुलाई यो तालिमबाट सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतारेर गाउँपालिकाको पर्यटन विकासमा सहभागी हुन गाउँपालिका प्रमूख तामाङले आग्रह गर्नु भयो । यसअघि माघ २४ गते भव्य उद्घाटन गरिएको समारोहमा आयोजक आमाछोदिङ्मो गाउँपालिकाकी उपप्रमूख चण्डीका तामाङले गाउँपालिकाभित्रका उपभोक्ताहरुले आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरुको उपभोग गर्ने सोचको विकास हुनु पर्ने धारणा ब्यक्त गर्नुभएको थियो ।

    उपप्रमूख तामाङले यसकिसिमको तालिम पहिले नै आयोजना गर्न सकिएको भए यहाँको पर्यटन विकास अगाडि बढिसकेको हुने आफूलाई लागेको बताउनु भयो । त्यसैगरी तालिम अवधिभर सहभागिता जनाउनु भएका आमाछोदिङ्मो गाउँपालिका ५ नं. वडाका वडाअध्यक्ष दावागोम्बु तामाङ, वडा नं. ४ का वडाअध्यक्ष धर्म तामाङ, वडा नं. ३ का वडाअध्यक्ष सुरेन्द्र तामाङ, वडा नं. २ का वडाअध्यक्ष ल्हाक्पाकामी तामाङले समेत तालिमको औचित्यतामाथि आ–आफ्ना धारणा ब्यक्त गर्नु भएको थियो ।

    कार्यक्रम उद्घाटन सत्रमा गाउँपालिका सूचना अधिकृत छेसाङदोर्जे तामाङले सभापतित्व गर्नु भएको थियो । त्यसैगरी तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरुले तालिमको आयोजना गरेर आफूहरुलाई एउटा आर्थिक विकासको विकल्प देखाईएको र यो तामिललाई आफूहरुलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिकृया ब्यक्त गरेका थिए । डा. अलखबाबु (आलोक) प्रसाईद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिईएको उक्त तालिममा आमाछोदिङ्मो गाउँपालिकाका दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा पर्यटन व्यवसायीहरुको सहभागी रहेको थियो ।

    त्यसैगरी ‘भान्छे’ उपनामले चिनिइने लक्ष्मणप्रसाद भण्डारीद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सीप सिकाएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ