Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?


ग्लोबल पाना
सोमबार, माघ २९ २०८०
  • 351
    SHARES

  • images
    बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति ?

    काठमाडौं । फागुन महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सोमबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार माघको तुलनामा ब्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.४१ प्रतिशत विन्दुले घटाएका छन् ।

    images
    images
    images

    एभरेष्ट, लक्ष्मी सनराइज, माछापुच्छ्रे र हिमालयन बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने अरु १६ बैंकले ब्याजदर घटाएका छन् । बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज गरेसँगै विविधता देखिएको छ । बैंकहरुले आवश्यकता अनुसार ब्याजदर प्रकाशित गरेका हुन् ।

    बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ । कृषि विकास बैंकले फागुनका लागि व्यक्तिगत मुद्धतिमा ६.४ प्रतिशत ब्याजदर तोकेको छ । जबकि माघमा ७.२ प्रतिशत थियो । त्यस्तै, स्ट्याण्डर्ड चाटर्ड बैंकले फागुनका लागि ७.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । तर माघमा भने सो बैंकले ८.०७ प्रतिशत ब्याज दिएको थियो ।

    त्यस्तै, प्राइम कमर्सियल बैंकले फागुनका लागि ७.४ प्रतिशत ब्याजदर तोकेको छ । सो बंैकले माघमा ८.१ प्रतिशत ब्याजदर दिएको थियो । कुन बैंकको ब्याजदर कति ?

    Screenshot_2024-02-12-10-32-30-16_a23b203fd3aafc6dcb84e438dda678b6.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ