Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

च्वास्स झोल मःमःको बजार विस्तार हुदै, ४४ औं शाखा ठमेलमा


ग्लोबल पाना
बिहीबार , फागुन ३ २०८०
  • 399
    SHARES

  • images
    च्वास्स झोल मःमःको बजार विस्तार हुदै, ४४ औं शाखा ठमेलमा

    काठमाडौं । विगत ८ वर्ष अगाडि शुरु गरिएको च्वास्स झोल मःमः को एउटा नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याईएको छ । सरस्वती पूजा तथा विश्वप्रणय दिवसको अवसर पारेर काठमाडौंस्थित ठमेलको छाया सेन्टरमा च्वास्स झोल मःमःले आफ्नो ४४ औं शाखा विस्तार गरेको हो ।

    images
    images
    images

    कागेश्वरी मनहरा नगरपालिका वडा नं. ६ मुलपानीका नवराज ढकालले सिंगापुर, मलेसिया, दुबई, कत्तारलगायतका देशहरुमा यस्तै चेन रेष्टुरेन्टहरुमा व्यवस्थापनको जिम्मेवारीमा रहेर सिकेको सीप र हासिल गरेको अनुवभवलाई नेपालमा प्रयोग गरेर नेपालको आतिथ्यता सत्कार व्यवसायलाई नमूना स्वरुप दिने प्रयास गरिएको बताएका छन् ।

    नेपाली मौलिक स्वादको खाद्य परिकारलाई नमूना व्यवसायको रुपमा सञ्चालनमा ल्याएर नेपाली युवालाई स्देशमा नै रोजगारको अवसर सृजना गर्न आफूले यो प्रयास गरेको उनको भनाई छ ।

    ढकालले भनेका छन् ‘खाद्य परिकारमा पनि नयाँ स्वाद र ग्राहकको मन जित्न अहिलेसम्म विदेशमा सिकेको अनुभवलाई नेपालमा प्रयोग गरिरहेको छु । नेपाली मौलिक स्वादमा आधारित च्वास्स झोल मःमः नाम दिएर यसको सेवा केन्द्र सञ्चालनमा ल्याउदा विदेश जाने तयारीमा रहेका नेपाली युवालाई स्वदेशमा आकर्र्षित गर्न मैले यो अभियान थालेको हुँ ।’

    विदेशमा ‘म्याक डोनाल्स’ नामक यस्तै चेन कम्पनीमा काम सिकेर नेपालमा त्यस्तै व्यवसाय सञ्चालनमा ल्याएका व्यवसायी नवराज ढकाल यो मःमःको शाखाहरु काठमाडौं उपत्यकाका विभिन्न व्यस्त बजार क्षेत्रहरुका साथै झापाको दमक बजारमा र दुवईमा समेत शाखाहरु रहेको बताउँछन् ।

    सबै शाखाहरुमा तयार पारिने मःम बनाउन प्रयोग गरिने किमा बोसोरहित र शाकहारी उपभोक्ताहरुका लागि पनि स्वास्थ्यमा प्रतिकुल असर नपर्नेगरी मःमः बनाउन प्रयोग गरिने सामाग्रीहरुको सुद्धता परीक्षण गरी एकै प्रकारका मसला, किमालगायतका सामग्री प्रयोग गर्ने गरिएको पनि व्यवसायी ढकाल प्रष्ट पार्छन् ।

    ‘पौष्टिक तत्वमा कुनै प्रकारको कमी नभएका खाद्य सामाग्रीहरुको प्रयोगबाट हामी उपभोक्ताहरुलाई मःमः खुवाउदै आईरहेका छौं’ उनी भन्छन् ‘चिल्लो मात्रा कम भएको च्वास्स झोल मःमःका सेवाग्राहीहरु र शाखा सञ्चालकहरुलाई पनि हाम्रो केन्द्रीय भान्छामा अवलोकन गराउने गरिएको छ साथै सबै सेवा केन्द्रहरुबाट एउटै स्वादमा मःमः तयार पार्न प्रशिक्षण तथा निर्देशन समेत दिने गरेका छौं ।’

    च्वास्स झोल मःमःको ट्रेडमार्क समेत लिएर सेवा केन्द्रहरु विस्तार गर्दै आएको बताउँदै ढकालले यदि लगानी अभावमा इच्छा भएर पनि यस कम्पनीसँग आबद्ध भई यहि मःमःको व्यवसाय गर्न लगानी जुटाउनका लागि धितो बन्धकी राख्न पुग्ने अचल सम्पत्ति भएका इच्छुक ब्यक्तिहरुलाई सबै प्रकारको तालिम दिएर यो व्यवसाय सञ्चालन गर्न सक्ने आधार तयार पार्ने काममा पनि आफूहरुले सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको जानकारी दिएका छन् ।

    २ किलोमिटर दुरी टाढा मात्रै अर्को सेवा केन्द्र सञ्चालन गर्न सकिने प्रावधान अपनाईएको च्वास्स झोल मःमः बिक्री तथा सेवा केन्द्र सेवा सञ्चालन गर्न चाहने ब्यक्तिलाई स्वीकार गरी यस्ता सेवा केन्द्र सञ्चालन गर्न सम्झौता गर्न सकिने पनि ढकालले जानकारी दिए ।

    पसलको लागि चाहिने किमा, अचार, पिठोलगायत सबै प्रकारका उपकरण, भाँडा कुडा, सजावट, पसलका लागि चाहिने सीपयुक्त सबै प्रकारका जनशक्ति उपलब्ध गराउने र लोगो समेत व्यवस्थित गर्ने काम कम्पनी आफैंले गरिदिने भएकोले पसल सञ्चालन गर्न इच्छुक ब्यक्तिले इच्छा शक्ति मात्रै बनाएर लगानी गर्ने सोच राख्न सक्ने पनि कम्पनी सञ्चालक ढकालको भनाई छ ।

    मांशहारी सेवनकर्ताहरुका लागि छोइला र शाकहारी र मांशहारी सेवनकर्ताहरुलाई झोल मःमः उपलब्ध हुने च्वास्स झोल मःमः पछिल्लो समयमा आमउपभोक्ताहरुले रुचाउन थालेकोमा अब यो अभियान देशब्यापी बनाउने तयारी गरिएको पनि उनले बताए ।

    आफ्नै सहोदर भाई गोकुल ढकालको संलग्नतामा शुरु गरिएको च्वास्स झोल मःमः भारतका मूख्य शहरहरुमा पनि सञ्चालनमा ल्याउन अध्ययन भईरहेको सञ्चालक नवराज ढकालले जानकारी दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ