काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवैलाई नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जानकारी दिए।
त्यस्तै, स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरिएको छ। विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न गठित जाँचबुझ आयोगको म्याद एक महिना थप्ने निणर्यसमेत भएको छ। आयोगको अध्यक्षमा पूर्वन्यायाधीश गिरीशचन्द्र लाल तोकिएका छन्।
आयोगको अध्यक्षमा पूर्वन्यायाधीश गिरीशचन्द्र लाल तोकिएका छन्। सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएको पुष्टि भएपछि केन्द्रको कार्यकारी निर्देशकबाट पदबाट हटाउने निणर्यसमेत भएको छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


