Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेता महरले महासमिति बैठकमा अघि सारे ११९ पृष्ठको दृष्टिपत्र


ग्लोबल पाना
सोमबार, फागुन ७ २०८०
  • 246
    SHARES

  • images
    नेता महरले महासमिति बैठकमा अघि सारे ११९ पृष्ठको दृष्टिपत्र

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले ११९ पृष्ठ लामो दृष्टिपत्र तयार पारेका छन्। सोमबारदेखि गोदावरीमा सुरू हुने महासमिति बैठकमा उनले दृष्टिपत्र पेश गर्न लागेका हुन्।

    images
    images
    images

    नेपालको संविधानले आत्मसाथ गरेको संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन गर्दै जनताको समृद्धिको चाहनालाई पूरा गर्नु आजको आवश्यकता रहेको औंल्याउँदै महासमिति बैठकले यसबारे ठोस दिशा दिन सक्नुपर्ने उनले बताएका छन्।

    उनले कांग्रेसकै नेतृत्वमा बनेको संविधानको कार्यान्वयनमा पार्टीले भूमिका खेल्नसक्नुपर्ने औंल्याएका छन्। निःशुल्क स्वास्थ्य, शिक्षा, गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगारीको प्रबन्धका लागि पार्टीको भूमिकाको खाँचो पनि औंल्याएका छन्। जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा पार्टीले नयाँ अभियान अगाडि बढाउनुपर्ने उनको धारणा छ।

    कृषि क्षेत्रको आधुनिकीकरण र आत्मनिर्भरता आर्थिक विकासको पहिलो शर्त भएको पनि बताएका छन्। राष्ट्रिय स्वार्थकेन्द्रित विदेश नीति, डिजिटल अर्थतन्त्र, सुशासनको स्थपना भ्रष्टाचारको अन्त्य सुशासनको कडी भएको उल्लेख गरेका छन्। शिक्षालाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्न सके मात्र आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन्।

    त्यस्तै, पार्टी दिगो विकास लक्ष्य हासिल गर्न संकल्पित हुनुपर्ने पनि बताएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ