Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : सांसद लामिछाने


ग्लोबल पाना
बिहीबार , फागुन १० २०८०
  • 242
    SHARES

  • images
    किसान आन्दोलनलाई नजरअन्दाज गरे सरकार ढल्छ : सांसद लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम सांसद रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन् । विहीबार प्रतिनिधि सभामा बोल्दै उनले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भएको भन्दै यसप्रति गम्भीर हुन आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले भने, ‘किसानको दुध र मह खेर गएको अवस्थामा पाउडरको दूध र नक्कली मह विदेशबाट आयात भईरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गर्ने हो भने किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् होसियार रहनुहोला ।’ उनले मिटरब्याजीहरु २३ दिन लगाएर काठमाडौं आएको भन्दै सिंहदरबारले वार्ता र मिटरब्याजीहरुको समस्या समाधानको लागि ढोका खोल्नुपर्ने बताए ।

    भूमीहिन सुकुम्बासीहरुलाई चुनावी फन्डाका लागि भूमि दिने भनेर आश्वासन दिइएको भन्दै यसलाई चुनावी फन्डा होइन सुकुम्बासी आयोगले भूमीहिन आयोगले विशेष ध्यान दिनुपर्ने बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ