Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लघुवित्त र सहकारीका साथै मिटरव्याजपीडितको समस्या समाधान गर्न गम्भीर छौं : मन्त्री शर्मा


ग्लोबल पाना
बिहीबार , फागुन १० २०८०
  • 258
    SHARES

  • images
    लघुवित्त र सहकारीका साथै मिटरव्याजपीडितको समस्या समाधान गर्न गम्भीर छौं : मन्त्री शर्मा

    काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले लघुवित्त र सहकारीका साथै मिटरव्याजपीडितको समस्या समाधान गर्न गम्भीर रहेको बताउनुभएको छ । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री शर्माले सरकारले लघुवित्त र सहकारीका साथै मिटरव्याजपीडितका समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताउनुभएको हो ।

    images
    images
    images

    उहाँले यसअघि पनि आयोग बनाएर नै मिटरव्याजपीडितको समाधानको प्रयास भइरहेको भन्दै बाँकी पीडितहरुको समस्या पनि समाधान हुने प्रतिवद्धता जनाउनुभयो । व्यवहारिक रुपमा परेका समस्याहरुको एकीन गरेर समाधान गर्नैपर्ने उहाको भनाइ छ । कानून अनुसार प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापन गरेर आएका समस्या समाधान गर्नका लागि सरकार प्रतिवद्ध रहेको उहाको भनाइ छ ।

    आफुहरुको समस्या समाधान भएको भन्दै लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशभरका मिटरब्याज र लघुवित्त पीडितहरु काठमाडौं आएका छन् ।

    उनीहरुले लघुवित्त र वित्तिय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगाएतका माग अघि सारेका छन्

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ